शुक्रबार, असार १३, २०८२

माओवादीका सांसदले साथ दिने सभामुखका उम्मेदवार न्यौपानेको विश्वास

नेपालखोज २०७९ माघ ४ गते २०:००

काठमाण्डौं । नेपाली कांग्रेसको तर्फबाट सभामुखको उम्मेदवार बनेकी ईश्वरीदेवी न्यौपानेले जित आफ्नो नाममा दर्ता हुने दाबी गरेकी छिन् ।

नेपालखोजसँग कुरा गर्दै उम्मेदवार न्यौपानेले नेकपा माओवादी केन्द्रसँग संम्बाद भइरहेकाले मत पाउने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्, ‘मेरो जितको आधार भनेको सांसदकै मत हो । सरकारमा नगएका राजनीतिक दलका सांसद र सत्तामा सहभागी दलका सांसदले मलाई विश्वास गर्नुहुनेछ ।’

भोलि हुने सभामुखको निर्वाचनमा आफ्ना उम्मेदवारलाई मतदान गर्न कांग्रेसले ह्विप जारी गरिसकेको छ ।

कांग्रेसका उम्मेदवार न्यौपानेसँग नेकपा एमालेका नेता देवराज घिमिरेले सभामुखमा प्रतिस्प्रर्धा गर्दैछन् । उनी सत्तारुढ दलका साझा उम्मेदवार हुन् ।

प्रतिक्रिया