शुक्रबार, असार १३, २०८२

देश विकास निर्माणको अभिभारा बोकेर आएका छौँ : श्रेष्ठ

नेपालखोज २०७९ माघ ४ गते २२:१४

कैलाली । कैलाली क्षेत्र नं १ कि प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनताले देश विकास निर्माणको अभिभारा बोकाएर पठाएको बताइन् ।

कैलाली टीकापुरमा सञ्चालन भएको सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला टीकापुर महोत्सवको उद्घाटन गर्दै श्रेष्ठले पाँच वर्षसम्म प्रतिनिधिविहीन कैलाली क्षेत्र नं १ का जनताले देश निर्माणको अभिभारासहित नेतृत्व तहमा पु¥याएको बताइन् ।

उनले टीकापुर सम्भावना बोकेको क्षेत्र भएको बताउँदै त्यसका लागि आवश्यक अभावलाई पूरा गर्न प्रतिबद्ध रहने बताइन् । टीकापुर नगरपालिकाका प्रमुख रामलाल डङ्गौरा थारुले विकासका काममा राजनीतिभन्दा समन्वय र सहकार्य आवश्यक रहने बताइन् ।

प्रतिक्रिया