शुक्रबार, असार १३, २०८२

‘विधिभन्दा बाहिर जान मिल्दैन’

नेपालखोज २०७९ माघ ५ गते १३:४०

काठमाडाैं । आजको सदन बैठकमा हत्यामा संलग्नता र भ्रष्टाचार कसुरमा जिल्ला अदालतमा मुद्दा खेपिरहेका सांसदहरुमाथि प्रश्न उठेको छ ।

सभामुख निर्वाचनका लागि जारी बैठकमा नेपाली कांग्रेसका रामहरि खतिवडाले सदनमा बोल्दै व्यक्ति हत्याका अभियुक्तहरु बैठकमा उपस्थित रहेको भन्दै गृहमन्त्रालयको जवाफ माग गरे ।

मागबारे सदनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा हत्या आरोपित सांसदबारे मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर नजाने जवाफ दिए । आफूलाई कसैले कसैलाई पक्राउ गर्न र यसो गर, उसो गर भन्दैमा विधिबाट टसमस नहुने बताए ।

एमालेबाट महोत्तरी–१ बाट निर्वाचित सांसद लक्ष्मी कोइरी महतो पटकपटक संसद बैठकमा उपस्थित हुँदा समेत पक्राउ नगरेको भन्दै सरकार र गृहमन्त्री लामिछानेको आलोचना व्यापक बन्दै गएको छ ।

मन्त्री लामिछानेले कोइरीलाई पक्राउ गर्ने या नगर्ने भन्नेबारे सदनमा स्पष्ट जवाफ दिन सकेनन् । उनले यसअघि संचारकर्मीसँगको कुराकानीमा कोइरीलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका थिए । तर कोइरी पक्राउ पर्न सकेका छैनन् । भ्रष्टाचार कसुरमा अदालतमा मुद्दाका प्रतिवादी नेपाली कांग्रेसका टेकबहादुर गुरुङ पनि पक्राउ गर्न सकेको छैन ।

कोइराी र गुरुङलाई नेपाली प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रचार गरेर संघीय संसद सचिवालयलाई अनुरोध गरेको थिए ।

प्रतिक्रिया