टिकटकमा जुवा खेलाउने व्यक्ति पक्राउ
नेपालखोज
२०७९ माघ ५ गते १५:०९

काठमाण्डौं । सामाजिक सञ्जाल टिकटकमार्फत अनलाइन जुवा खेलाएको आरोपमा ललितपुर हरिसिद्धबाट हरिसचन्द्र मल्ल पक्राउ परेका छ ।
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको जानकारी अनुसार पूर्व रुकुम स्थायी घर भएका मल्ललाई इसेवा लगायतका विभिन्न डिजिटल वालेटबाट रकम जम्मा गर्न लगाएर टिकटक लाइभ मार्फत बाजी राख्न लगाएर जुवा खेलाउदै आएका मल्ललाई सूचनाको आधारमा पक्राउ गरिएको हो ।
उनले पछिल्लो १५ दिनको अवधिमा ८ लाख ५३ हजार भन्दा बढि रकम संकलन गरेर जुवा खेलाएको प्रमाण भेटिएको छ । मल्ललाई मूलुकी अपराध संहिता २०७४ को दफा १२५ उपदफा १ बमोजिमको कसुरमा अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय ललितपुर पठाएको छ ।

सम्बन्धित
प्रतिक्रिया