विमान दुर्घटना : ४६ जनाको शवको फरेन्सिक परीक्षण सकियाे, एकको अवस्था अझै अज्ञात
नेपालखोज
२०७९ माघ ५ गते १९:५१

काठमाडौं । गत आइतबार पोखरामा भएकाे यती एयरको विमान दुर्घनामा मृत्यु भएकामध्ये ४६ जनाको शवको फरेन्सिक परीक्षण सकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक सार्वजनिक गर्दै अस्पताल पुर्याइएका ७१ मध्ये २४ जनाको त्रिवि शिक्षण अस्पतालमा र २२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फरेन्सिक परीक्षण गरिएको जनाएकाे हाे ।
परीक्षण सकिएकामध्ये आज दिउँसोसम्म ३४ जनाको शव परिवारलाई बुझाइएको छ । विमानमा सवार ७२ जनामध्ये एकजनाको अवस्था अझै अज्ञात छ ।

सम्बन्धित

प्रतिक्रिया