नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ माघ ५ गते २२:४०

गत पुस १५ गते कम्बोडियाको क्यासिनोमा आगलागीमा परी ज्यान गुमाएका झापाका निराकार पाण्डेको शव शुक्रबार राति नेपाल आइपुग्ने ।

मोरङका ३७ जनालाई जापानमा रोजगारीका लागि पठाइदिने भन्दै दुई करोड ८७ लाख ठगी गर्नेलाई कारवाहीको लागि माग ।

सामाजिक सञ्जाल टिकटकमार्फत अनलाइन जुवा खेलाएको आरोपमा हरिसचन्द्र मल्ल पक्राउ ।

पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने ८६ जनाको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि सिफारिस ।

गोङ्गबुस्थित दुई होटलमा बसेका तीनजनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी बरामद ।

प्रतिनिधिसभा सभामुखमा देवराज घिमिरे निर्वाचित ।

उपसभामुखको निर्वाचन माघ ७ गते ।

प्रदेश नं १ का मन्त्रीको कार्यविभाजन सोमबार हुने ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीलाई विश्वासको मत प्राप्त ।

राष्ट्रियसभामा विश्वविद्यालय विधेयक, २०७९ पेस ।

नेप्सेमा सामान्य अंकले सुधार ।

प्रतिक्रिया