शुक्रबार, जेठ ४, २०८१

खेलकुद मन्त्री अनुराग ठाकुरसँग आन्दोलनरत कुस्ती खेलाडीको बैठक निष्कर्षविहीन, आज फेरि वार्ता हुने

नेपालखोज २०७९ माघ ६ गते ९:१९

काठमाडौं । भारतीय कुस्ती महासङ्घ विघटन गर्ने मागलाई खेलाडीहरूले अस्वीकार गरेपछि बिहीबार राति केन्द्रीय खेलकुद मन्त्री अनुराग ठाकुरसँग आन्दोलनरत कुस्ती खेलाडीहरूको बैठक निष्कर्षविहीन भएको थियो ।

समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार बिहीबार राति करिब १० बजे खेलकुद मन्त्रीसँग प्रदर्शनकारी खेलाडीहरूको बैठक सुरु भएको थियो र खेलाडीहरू करिब २ बजे अनुराग ठाकुरको घरबाट निस्किएका थिए।

दिल्लीको जन्तर मन्तरमा प्रदर्शन गरिरहेका यी खेलाडीले भारतीय कुस्ती महासंघका अध्यक्ष बृजभूषण शरण सिंहको विरोध गरिरहेका छन् । उनी केन्द्र सरकारसँग भारतीय कुस्ती महासंघ विघटनको मागमा अडिग छन् । -बीबीसी हिन्दी

प्रतिक्रिया