मानुषिको चुनावी अभियान !

नेपालखोज २०७९ कार्तिक २५ गते १०:१६

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर- ७ मा सत्ता गठबन्धनका तर्फबाट मानुषि यमि भट्टराई भन्छिन – मतदाताको माया र न्यानो स्वागतले थप उर्जा मिलेको छ । प्रिय मतदाताहरुसँग भेटघाट र संवाद गर्न पाउँदा आनन्द महसुस गरिरहेकी छु ।उनीहरुसँग भेटेर यहाँको वास्तविक समस्या र भावना बुझ्न पाउनु मेरा लागि असाध्यै सुखद क्षण हो ।

मानुषिले केही नारा वा एजेन्डा पनि अघि सारेकि छिन :

  • गठवन्धनका साझा उम्मेदवारी, यस क्षेत्रको विकास गर्ने हाम्रो जिम्मेवारी !
  • प्रिय मतदातासँग सँधै संगै, स्थानीय सरोकार र समृद्धिको जिम्मा लिनेछौं पक्कै !
  • संसदमा हुनेछ हाम्रो निति !
    सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि !!
  • तीव्र आर्थिक विकासका लागि लगानीमैत्री वातावरण,
    लगानी प्रबर्द्धनमा गर्नेछु सहजीकरण !
  • यसपटकको निर्वाचनमा अमूल्य मत दिनुहोस् हामीलाई!
    विकास, समृद्धि र न्यायोचित वितरण सबैलाई !!
  • तपाईं गठवन्धनका उम्मेदवारलाई जिताउनुस, देशलाई हामी जिताउँछौं !
  • उन्नत लोकतन्त्र, जनमत सर्वोच्च !
    जनप्रतिनिधिहरुसँग राख्नेछौं सबैको पहुँच !!
  • सकेजती काम गर्छौं, फोस्रो आश्वासन र भ्रम बाँड्दैनौं !
  • ‘परिवर्तन सम्भव छ !’
    ‘पालो नयाँ पुस्ताको !’
  • समतामूलक एवं प्रगतिशिल अर्थ-राजनीतिक, सामाजिक रुपान्तरण !
    ल्याउनुपर्छ सबै जनतामा जागरण !!
  • सस्तो लोकप्रियताको लागि मात्रै बोल्दैनौं, हाम्रा वाचाहरु बेवारिसे छाड्दैनौं ।

प्रतिक्रिया