काठमाडौंका लागि नेपालगन्जबाट उडेकाे जहाज झापामा अवतरण

नेपालखोज २०७९ माघ ६ गते ११:०१

काठमाडाैं । बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमान झापामा अवतरण गरेको छ । बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९:६ मा झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाकाअनुसार भिजिबिलिटी क्लियर भएपछि ९ बजेर ४५ मिनेटमा सो विमान झापाबाट काठमाडौँका लागी उडेको छ । सो विमान ९ बजेर ६ मिनेटमाचन्द्रगढीविमानस्थलमा अवतरण गरिएको थियो ।

उक्त विमान काठमाडौं आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै थियो । अहिले १६०० पुगेको छ ।

प्रतिक्रिया