शनिबार, असार २१, २०८२

क्वालालाम्पुरबाट काठमाडौंका लागि उडेको जहाज कोलकतामा अवतरण

नेपालखोज २०७९ माघ ६ गते ११:०९

काठमाडौं । मलेसियाको क्वालालाम्पुरबाट काठमाडौंका लागि उडेका जहाज त्रिभुवन अतर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि कोलकतामा अवतरण गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकारणका अनुसार आज बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी कम भएकाले विमान अवतरण गर्न नसकिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान भारतको कोलकाता पुगेको हो ।

नेपाल एयरलाइन्सको आरए–४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर अहिले कोलकातामा अवतरण गरेको छ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान कोलकाता पुगेर अवतरण गरेको विमान स्थल कर्मचारीले बताएका छन् ।

यस्तै बाँकेको नेपालगन्जबाट काठमाडौँका लागि उडेको श्री एयरको विमान झापामा अवतरण भएको छ । काठमाडौँ विमानस्थलमा भिजिबिलिटी कम भएका कारण श्री एयरको ४४० विमानलाई झापा डाइभर्ट गरिएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले नेपालबहसलाई जानकारी दिए ।

भिजिबिलिटी क्लियर भएपछि ९ बजेर ४५ मिनेटमा सो विमान झापाबाट काठमाडौँका लागी उडेको प्रवक्ता सिटौलाले जानकारी दिए । ७ बजे नेपालगन्जबाट उडेको श्री एयरको सो विमान ९ बजेर ६ मिनेटमा चन्द्रगढी विमानस्थलमा अवतरण गरिएको थियो । खराव मौसममा सुधार आएपछि ति विमान काठमाडौं आउने बताइएको छ ।

प्रतिक्रिया