आइतबार, जेठ ६, २०८१

नेप्से २,१ ७८अंकमा, सातामा ११ अर्ब ६९ करोडको सेयर किनबेच

नेपालखोज २०७९ माघ ६ गते ११:२६

काठमाडौ । यो साता नेप्से २१ सय ७८ दशमलव ८१ अंकमा सिमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय १५ दशमलव पाँच अंकमा सिमित हुन पुगेको छ । दुई सय ५० वटा कम्पनीहरुको एक लाख ९१ हजार सात सय ३२ पटकको कारोबारमा तीन करोड ३४ लाख ३५ हजार ७३ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा यो साता कुल कारोबार रकम ११ अर्ब ६९ करोड ८० लाख ३८ हजार पाँच सय २० रुपैयाँ कायम हुन पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा निकै कम हो ।

गत साता भने नेप्सेमा दुई सय ५९ वटा कम्पनीहरुको तीन लाख ४३ हजार ८८ पटकको कारोबारमा ६ करोड ४१ लाख चार हजार एक सय पाँच कित्ता सेयर किनबेच भएको थियो । यो अनुसार उक्त साता कुल कारोबार रकम २३ अर्ब ९१ करोड ६ लाख ८१ हजार एक सय ५८ रुपैयाँ पुगेको थियो । यो साता नियमित कारोबारको लागि नेप्से तीन कार्य दिन मात्र खुलेको थियो । जसमध्ये पहिलो र दोस्रो दिन बन्द रहेको नेप्से तेस्रो र पाँचौं दिन बढेको थियो । चौंथो दिन भने नेप्से घटेको थियो ।

यो मध्ये तेस्रो दिन ३२ दशमलव ७२ अंकले बढेर २१ सय ८२ दशमलव ११ अंकमा चढ्न सफल भएको नेप्से अन्तिम कारोबार दिन पनि पाँच दशमलव ७१ अंकले बढेर २१ सय ८१ दशमलव ८१ चढ्न सफल भएको थियो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तेस्रो दिन चार दशमलव ५८ अंकले बढेर चार सय १५ दशमलव ८३ अंकमा चढेकोमा अन्तिम कारोबार दिन एक दशमलव १५ अंकले बढेर चार सय १५ दशमलव पाँच अंकमा पुग्न सफल भएको थियो ।

यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा रिडी हाईड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट लगायतका कम्पनीहरु परेका छन् भने कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, शिवम सिमेन्ट लगायतका कम्पनीहरु अगाडि परेका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

प्रतिक्रिया