शनिबार, असार २१, २०८२

सभामुख घिमिरेले लिए शपथ

नेपालखोज २०७९ माघ ६ गते १२:०६

काठमाडाैं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपतिले सभामुख घिमिरेलाई शपथ गराएकी हुन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्वबाहक प्रधानन्यायाधीक हरिकृष्ण कार्कीलगायतका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो ।

नेकपा एमालेका घिमिरे विहिबार सभामुख चयन भएका थिए । शपथ अघि नै उनले पार्टी सदस्यता त्यागेको घोषणा गरेका छन् ।

प्रतिक्रिया