उपत्यकाको भिजिविलिटीमा सुधार : हाेल्डमा रहेका सबै जहाज अवतरण

नेपालखोज २०७९ माघ ६ गते १२:१८

काठमाडाैं । काठमाडौं उपत्यकाको भिजिविलिटीमा सुधार आएको छ । बाक्लाे हुस्सु अर्थात कम भिजिविलीटीका कारण त्रिभुवन विमानस्थलमा शुक्रबार बिहानैबाट प्रभावित भएको उडान–अवतरण सामान्य बन्दै गएको छ ।

विमानस्थलमा बिहानीपख भिजिविलिटी १५ सय मिटर भन्दा कम हुँदा अधिकांश आन्तरिक र बाह्य उडानका जहाजको उडान प्रभावित भएको थियो ।

विमानस्थल कार्यालयका अनुसार अहिले भिजिविलिटी ३ हजार मिटर पुगेको छ । जसले गर्दा उडान सामान्य बनेको छ ।

यसअघि अवतरण गर्ने जहाजहरु भीएफआर प्रणालीबाटै अवतरण गराउनु परेको छ । जसले गर्दा अवतरणलाई केही समय लाग्ने हुँदा आकाशमा जहाजहरु लाइन (होल्ड)मा बस्नु परेको थियो ।

सुधारसँगै होल्डमा रहेका सबै जहाज अवतरण भइसकेका छन् । बिहान नेपालगन्जबाट आएको श्री एयरलाइन्सको जहाजलाई भद्रपुर र क्वालालाम्पुरबाट आएको जहाजलाई कोलकाता पठाइएको थियो ।

प्रतिक्रिया