मुक्ता यादवलाई उपसभामुखको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

नेपालखोज २०७९ माघ ६ गते १२:४९

काठमाडाैं । नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ता कुमारी यादवलाई उमेदवार बनाउने भएको छ । शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधीकारी बैठकले सांसद मुक्ता कुमारी यादवलाई उमेदवार बनाउने निर्णय गरेको हो ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी यादव समानुपातिक सांसद हुन् । कांग्रेसले सभामुख पदमा पनि महिला उमेदवार बनाएको थियो । पार्टीबाट ईश्वरीदेवी न्यौपाने उमेदवार बनेकी थिइन् ।

बिहीबार भएको सभामुखको चुनावमा उनले कांग्रेससहित नेकपा(एस) र लोसपको भोट पाएकी थिइन् ।

प्रतिक्रिया