सभामुख घिमिरेद्वारा पदभार ग्रहण

नेपालखोज २०७९ माघ ६ गते १३:१२

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै सभामुख देवराज घिमिरेले पदभार ग्रहण गरेका छन्

सभामुख घिमिरेले शुक्रबार बिहान राष्ट्रपति भावन शितल निवासमा पद तथा गोपनियताको शपथ लिएर सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

उनी बिहीबार प्रतिनिधिसभाबाट सभामुखमा निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गरेका थिए ।

प्रतिक्रिया