प्रतिनिधिसभा : उपसभामुखमा इन्दिरा भर्सेस मुक्ता

काठमाण्डौं । प्रतिनिधि सभाको उपसभामुखमा इन्दिरा राना मगर र मुक्ताकुमारी यादव बिच प्रतिस्प्रर्धा हुने भएको छ ।
सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर र नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले उपसभामुख पदका लागि मनोनयन दर्ता गराएका छन् ।
इन्दिराको प्रस्तावकमा रास्वपाकी सोविता गौतम छिन् भने नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देनले समर्थन गरेका छन् ।
मुक्ताकुमारीको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला छन् । कांग्रेसले नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चालगायत दलहरूसँग छलफल गरी उपसभामुखमा उम्मेदवारी दिएको छ ।
उपसभामुखको निर्वाचन भोलि (माघ ७)मा हुँदैछ । सभामुखमा नेकपा एमालेका नेता देवराज घिमिरे निर्वाचित भइसकेका छन् । उनले आज सपथ लिएर पदभार ग्रहणसमेत गरिसकेका छन् ।
प्रतिक्रिया