शनिबार, असार २१, २०८२

कर्णालीका प्रदेशका मुख्यमन्त्रीले पाए विश्वास मत

नेपालखोज २०७९ माघ ६ गते १७:०२

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार प्रदेशसभामा शर्माले विश्वासको मत प्राप्त गरेका हुन् ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा शर्माको पक्षमा २५ र विपक्षमा १४ मत खसेको थियो । नेकपा (माओवादी केन्द्र)को १३, नेकपा एमालेको ९, नेकपा एकीकृत समाजवादी र राप्रपाको १/१ र स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीको मत उनले प्राप्त गरेका हुन् । नेपाली कांग्रेसले भने विपक्षमा मतदान गरेको थियो ।

शर्मा १० दिन पहिले मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानतः मुख्यमन्त्री नियुक्त भएकाे ३० दिनभित्र सभाबाट विश्वासकाे मत लिनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया