शुक्रबार, जेठ ४, २०८१

सोमालियामा अल–शबाबको आक्रमणमा सात सैनिकसहित सयभन्दा बढीको मृत्यु

नेपालखोज २०७९ माघ ६ गते २१:४८

सोमालिया । सोमालियाको गाल्काड शहरमा रहेको एक सैन्य शिविरमा शुक्रबार भएको अल–शबाब आक्रमणमा परी सात सैनिकको मृत्यु भएको छ । सोमालियाको राजधानी मोगादिशुबाट करिब ३७५ किलोमिटर उत्तरमा रहेको गाल्काड शहरमा इस्लामिक लडाकूसमूहले आक्रमण गर्दा मृत्यु हुनेमा एक वरिष्ठ विशेष बलका कमाण्डर रहेको सोमालियाको सूचना मन्त्रालयले जनाएको छ ।

उक्त आक्रमणका क्रममा अलकायदा सम्बद्ध समूहका सयभन्दा बढी लडाकू मारिएका सेनाले दावी गरेको छ तर यस दावीको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । त्यहाँ ठूलो लडाइँ भएको र (जिहादीहरू) पराजित भएका मन्त्रालयले जानकारी दिएको छ । अल–शबाबले उक्त आक्रमणमा आफ्नो हात रहेको र ठूलो सङ्ख्यामा हताहत भएको दाबी गरेको छ । रासस

प्रतिक्रिया