शुक्रबार, जेठ ४, २०८१

संसारमा आशावादी मानिसहरूको संख्या घटयो

नेपालखोज २०७९ माघ ७ गते ११:३४

काठमाडाैं । दुई दशकभन्दा बढी समयदेखि हजारौं मानिसहरूको सामाजिक मनोवृत्तिको सर्वेक्षण गर्ने एडेलम्यान ट्रस्ट ब्यारोमिटरको हालैको प्रतिवेदनले अमेरिका, बेलायत जस्ता विश्वका केही विकसित देशमा मानिसहरूमा निराशावाद उच्चतम स्तरमा रहेको देखाएको छ।

यसले महामारी र मुद्रास्फीतिको प्रभावबाट समाज कसरी विभाजित भैरहेको छ भन्ने कुरालाई थप पुष्टि पनि गरेको छ । मुद्रास्फीति र महामारीको प्रभावका बाबजुद उच्च आय भएका परिवारहरू अझै पनि संस्थाहरूमा निर्भर छन् , तर निम्न आय भएका समूहहरूमा सामाजिक अलगाव बढ्दै गएको छ। एडेलम्यान कम्युनिकेसन ग्रुपका रिचर्ड एडेलम्यानले भने, “यसले ठूलो वर्ग विभाजन देखाउँछ।” गत वर्ष नोभेम्बर १ देखि नोभेम्बर २८ सम्म यो सर्वेक्षणका लागि २८ देशका मानिससँग र्वार्ता गरिएको थियो । रिचर्ड एडेलम्यानले भने, “हामीले पहिले कोरोना महामारीको प्रभावको समयमा निरासा देख्यौं अब हामी यसलाई मुद्रास्फीतिको सन्दर्भमा देखिरहेका छौं।” विश्व स्वास्थ्य संगठन र अन्य संस्थाहरूले महामारीको सबैभन्दा ठूलो प्रभाव गरिबहरूमा परेको अनुमान गरेका छन्। अत्यावश्यक वस्तुको मूल्यवृद्धिले न्यून आय भएका जनता मारमा परेका छन् ।

रिचर्ड एडेलम्यानका अनुसार, विश्वव्यापी रूपमा केवल ४० प्रतिशत मानिस के कुरामा सहमत छन् भने आउने पाँच वर्षमा उनीहरू अहिलेको तुलनामा अझ राम्रो अवस्थाको आशा गर्छन् । एक वर्ष पहिले यस्तो धारणा राख्ने मानिस ५० प्रतिशत थिए । विकसित अर्थतन्त्रहरूमा सार्वजनिक निराशाको स्तर संयुक्त राज्य अमेरिकामा ३६ प्रतिशत, युनाइटेड किंगडममा २३ प्रतिशत, जर्मनीमा १५ प्रतिशत र जापानमा ९ प्रतिशत रहेको पाइएको छ ।

शून्य कोभिड नीतिका कारण आर्थिक मन्दी भए पनि चीनमा यस्ता मानिसको अनुपात बढेर ६५ प्रतिशत पुगेको छ । उल्लेखनीय कुरा के छ भने, चीनले अब आफ्नो नीतिहरू खुकुलो पारेको छ। एडेलम्यानले गरेको यो सर्वेक्षणमा रेकर्ड गरिएको तथ्याङ्कअनुसार ६३ प्रतिशत उच्च आय भएकाहरूले समाजका प्रमुख संस्थाहरू प्रति विश्वास गर्छन्। कम आय भएका अमेरिकीहरूमा ति संस्थाहरू प्रतिको विश्वास ४० प्रतिशतले घटेको छ। साउदी अरेबिया, चीन, जापान र संयुक्त अरब इमिरेट्समा पनि त्यस्तै छ। समाजको विभाजन र भविष्यमा यो अवस्था रहने वा नरहने भन्ने सम्बन्धमा गरिएको सर्वेक्षणको नतिजाले अर्जेन्टिना, दक्षिण अफ्रिका, स्पेन, स्वीडेन र कोलम्बिया जस्ता समाजमा निरास मानसिकता भएका मानिसहरूको ठूलो संख्या रहेको पाइएको छ ।

रोयटर्स

प्रतिक्रिया