बुधबार, वैशाख १९, २०८१

अटोमोबाइल मेलाका आकर्षक ५ कार

नेपालखोज २०७९ माघ ७ गते १३:३४

भारतको सबैभन्दा ठूलो अटोमोबाइल मेला अटो एक्स्पो सम्पन्न भैसकेको छ । उक्त एक्स्पोमा एकपछि अर्को गरि उत्कृष्ट कारहरु लन्च गरिएका थिए जसमा धेरैजसो इलेक्ट्रिक, सीएनजी, फ्लेक्स फ्युल, हाइड्रोजन र पेट्रोल कार छन्।

यो एक्सपोमा सबैभन्दा बढी चर्चा पाएका ५ वटा नयाँ कार :

मारुती सुजुकि जिम्नि : लामो प्रतिक्षापछि मारुती सुजुकीले अन्ततः भारतीय बजारमा जिम्नी एसयुभिको फाइभ डोर संस्करण लन्च गरेको छ । भारतमा यसको बुकिङ समेत सुरु भएको छ । जिम्नी एक ४ X ४ एसयुभि हो, जुन अन-रोड र अफ-रोड दुवैका लागि उपयुक्त छ । एसयुभिको बढदो क्रेजमा मारुति सुजुकीले आफ्नो कार्ड त खेलेको छ तर यो गाडिको मूल्य अझै खुलासा गरिएको छैन ।

मारुती सुजुकी फ्रोन्क्स : अटो फेयरमा उपभोक्ताहरुको ध्यान केन्द्रित गर्ने दोस्रो कार पनि मारुतीकै थियो । मारुतीले क्रसओभर एसयूभी पनि लन्च गरेको छ । यसको नाम फ्रोन्क्स हो। यो त्यस्तो कार हो जसलाई मारुती कम्पनीले धेरै पटकको परीक्षण पछि बजारमा उतारेको हो । फ्रोन्क्सको बुकिङ पनि खुला गरिएको छ ।

टाटा सिएरा ईभी : अटो एक्स्पोमा टाटाको सिएरा ईभी पनि टक अफ द टाउन रह्यो । यो बजारमा उपलब्ध अन्य एसयुभि भन्दा फरक छ । यसको गिलास रियर क्याबिन, इभि पावरट्रेन तथा रेट्रो लुक्सले सिएरालाइ दिल्ली अटो एक्सपो- २०२३ को उत्कृष्ट कारको शीर्ष दावेदार बनाएको थियोे । यद्यपि यो कन्सेप्ट मोडेल हो तर टाटा मोटरले चाँडै नै यसमा आधारित नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्न सक्छ ।

Hyundai Ioniq 5 : हुन्डाईले केही दिन अघि भारतमा Ioniq 5 इलेक्ट्रिक एसयुभि लन्च गरेको घोषणा गरेको थियो। अटो एक्स्पो-२०२३ मा कम्पनीका ब्रान्ड एम्बेसडर शाहरुख खानले Ioniq 5 EV लन्च गरेका छन् । यो इलेक्ट्रिक एसयूभीको मूल्य भारु ४४.९५ लाख (एक्स शोरुम) छ । यसका लागि बुकिङ सुरु भैसकेको छ र डेलिभरी पनि छिट्टै सुरु हुने बताइएको छ ।

एमजी हेक्टर : एमजी मोटर इन्डियाले अन्ततः अटो एक्सपो २०२३ मा हेक्टर एसयूभीको नयाँ संस्करण लन्च गर्‍यो । यो भारतीय बजारमा कम्पनीको लोकप्रिय एसयूभी हो । एमजी हेक्टरको अपडेटेड संस्करणको प्रारम्भिक मूल्य १४.७२ लाख भारतिय रुपैयाँ (एक्स-शोरूम) छ । हेक्टर पहिले नै फिचर रिच कार थियो र कम्पनीले यसलाई अहिले थप सुविधासहित बजारमा पठाएको छ।

प्रतिक्रिया