शनिबार, वैशाख १३, २०८२

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा बराल नियुक्त

नेपालखोज २०७९ माघ ७ गते २०:४८

काठमाडाैं । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बराललाई आज मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । मुख्य न्यायाधिवक्तामा नियुक्त हुनुभएका बराल पोखरा महानगरपालिका वडा नं २६ बरालडाँडा निवासी छन् ।

नवनियुक्त महान्यायाधिवक्ता बरालले आजै शपथ लिनुभएको छ । बराललाई उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले शपथ गराउनुभएको थियो । शपथ समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री खगराज अधिकारीको उपस्थिति थियो ।

बरालले कानुन र राजनीतिशास्त्रमा स्नातकोत्तर गरे । हाल उनी काठमाडौंमा सिरमर ल फर्म सञ्चालन गरी वकालत गर्दै आएका हुन् ।

प्रतिक्रिया