बिहीबार, असार १२, २०८२

अतिक्रमित संरचनामा डोजर चलेपछि धरानका स्थानीय गरे ढुंगामुढा

नेपालखोज २०७९ माघ ८ गते १३:०६

काठमाडाैं । धरानमा डोजर चलाएपछि स्थानीय गरे ढुंगामुढा गरेका छन् । सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन धरान उपमहानगरपालिकाले पनि डोजर थियाे ।

आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको हाे । डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीय बासिन्दा बीच झडप हुँदा उपमहानगरको डोजरको सिसा फुटेकाे छ भने केही व्यक्ति सामान्य घाइते भएको प्रहरीको भनाइ छ ।

धरान ५ मा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर निर्माण गरेको भन्दै धरान उपमहानगरपालिकाले आइतबार बिहान मुना चौधरी लिम्बूले बनाएको घर भत्काएको हो ।

प्रतिक्रिया