को–को छन् प्रधानमन्त्रीको सचिवालयमा ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा ७ जना नियुक्ति गरिएको छ ।
प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सन्तकुमार दरै नियुक्त भएका छन् । माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य समेत रहेका उनी दोस्रो संविधानसभा सदस्य थिए । उनी तत्कालीन माओवादी सेनाको डिभिजन कमान्डर समेत हुन् ।
प्रधानमन्त्रीको स्वकीय सचिवमा भने रमेश मल्ल र गंगा दाहाल नियुक्त भएका छन् । मल्ल र दाहाल माओवादी केन्द्रको केन्द्रीय सदस्य छन् ।
स्वकीय सहसचिवका रुपमा सूर्यकिरण शर्मा, मनहरि तिमिल्सिना, गोर्कण भट्ट र शिव खकुरेलले नियुक्ति पाएका छन् । शर्माले प्रेस संयोजकको जिम्मेवारी पाएका छन् । उनी यसअघि पनि प्रचण्डको प्रेस संयोजक थिए । उनी माओवादी केन्द्र निकट प्रेस सेन्टरका उपाध्यक्ष समेत हुन् ।
तिमिल्सिना भने प्रेस विज्ञको रुपमा नियुक्त भएका छन् । उनले यसअघि केही समय प्रचण्डको सचिवालयमा काम गरेका थिए । प्रचण्डको स्वकीय सचिवालयले पूर्णता पाउन अझै बाँकी छ ।
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, जनसम्पर्क विज्ञ र आइटी विज्ञलगायत पदमा नियुक्ति गर्न बाँकी छ ।
प्रतिक्रिया