आइतबार, पुष ६, २०८२

लुम्बिनी बिकास बैंकको दोस्रो त्रैमासिक नाफा २६ करोड १० लाख

नेपालखोज २०७९ माघ ८ गते २१:३३

काठमाडौं । लुम्बिनी बिकास बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा २६ करोड १० लाख ६७ हजार दुई सय ८४ रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ३५ करोड १७ लाख ४४ हजार पाँच सय ८२ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी तीन अर्ब ३८ करोड २८ लाख २१ हजार दुई सय ८६ रुपैयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासिक अवधिमा ४४ अर्ब ६७ करोड ९१ लाख १६ हजार ९६ रुपैयाँ निक्षेप संकलन गरी ३९ अर्ब ३९ करोड ३३ लाख २० हजार ५६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अवधिमा ९२ करोड ९१ लाख ९८ हजार चार सय ३३ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा १० करोड ७६ हजार आठ सय ३७ रुपैयाँ रहेको बैंकको स्प्रेड दर भने चार दशमलव ८९ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले ४२ अर्ब ८७ करोड ३९ लाख ७७ हजार पाँच सय ९२ रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब ६ करोड ८० लाख २६ हजार चार सय ७२ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ७२ करोड ७४ लाख १५ हजार सात सय ८८ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ९७ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया