ज्योति बिकास बैंकको दोस्रो त्रैमासिक नाफा ३४ करोड ७५ लाख

काठमाडौं । ज्योति बिकास बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा तीन करोड ४७ लाख ५९ हजार पाँच सय ४० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ३४ करोड ४० लाख १६ हजार एक सय ३२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी चार अर्ब २६ करोड ७७ लाख ५३ हजार दुई सय ८७ रुपैयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासिक अवधिमा ५५ अर्ब ८० करोड ३८ लाख सात हजार चार सय ८५ रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ५० करोड चार लाख २८ हजार छ सय ३५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब १५ करोड १३ लाख ९८ हजार पाँच सय आठ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ५२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ३३ करोड तीन लाख २४ हजार ३७ रुपैयाँले ऋणात्मक रहेको बैंकको स्प्रेड दर भने चार दशमलव ९७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ५३ अर्ब ७४ करोड ४७ लाख १७ हजार ६९ रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ६५ करोड ७३ लाख ३१ हजार पाँच सय २६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ९१ करोड ८४ लाख ९८ हजार एक सय ७० रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ५७ प्रतिशत रहेको थियो ।








प्रतिक्रिया