आइतबार, पुष ६, २०८२

मितेरी डेभलपमेन्ट बैंकको दोस्रो त्रैमासिक नाफा पाँच करोड ९० लाख

नेपालखोज २०७९ माघ ८ गते २२:०९

काठमाडौं । मितेरी डेभलपमेन्ट बैकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा पाँच करोड ९० लाख ८८ हजार दुई सय २६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ६ करोड ८० लाख ३९ हजार चार सय ७१ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब एक करोड ५० लाख एक हजार चार सय ३७ रुपैंयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासिक अवधिमा ६३ अर्ब ३७ करोड ४७ लाख चार हजार आठ सय २३ रुपैयाँ निक्षेप संकलन गरी ४६ अर्ब ४१ करोड ८७ लाख ९२ हजार पाँच सय ६३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अवधिमा १८ करोड १८ लाख ४९ हजार पाँच सय ६३ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा एक करोड २० लाख ३८ हजार सात सय ११ रुपैयाँ रहेको बैंकको स्प्रेड दर भने चार दशमलव ९९ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले ६० अर्ब ६४ करोड ५९ लाख तीन हजार तीन सय १२ रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब २४ करोड २३ लाख ३७ हजार एक सय ३३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड ७७ लाख ११ हजार चार सय ७१ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९९ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया