रास्वपाले आउँदो जेठसम्ममा देशभर संगठन विस्तार गर्ने
नेपालखोज
२०७९ माघ ९ गते ७:२१

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो जेठसम्ममा देशभर संगठन विस्तार गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय बसुन्धरामा आइतबार बसेको केन्द्रीय समिति बैठकले आउँदो जेठभित्र देशैभर संगठन बिस्तार गर्ने निर्णय गरेको हो ।
पार्टीका प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा देशभर संगठन बिस्तार गरिने उल्लेख छ । साथै चैतसम्म जिल्ला निर्वाचन समितिहरू गठन गरिनेछ तथा जेठ मसान्तसम्म पालिका र वडास्तरीय समिति गठन गर्ने तयारी छ ।
सम्बन्धित
प्रतिक्रिया