आइतबार, वैशाख ३०, २०८१

सुनचाँदीकै मूल्य सामान्य बढ्याे, आजकाे भाउ कति ?

नेपालखोज २०७९ माघ ९ गते १०:५८

काठमाडौं । नेपाली बजारमा आज (साेमबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ३ सय रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ ५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया