शुक्रबार, वैशाख १४, २०८१

१३ अंकले नेप्से घट्दा तीन अर्ब ८६ करोडको सेयर किनबेच

नेपालखोज २०७९ माघ ९ गते १५:२८

काठमाडौं । नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन आज (सोमबार) नेप्से १३ दशमलव ७१ अंकले घटेर २१ सय ६५ दशमलव १० अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव शून्य पाँच अंकले घटेर चार सय १३ दशमलव एक अंकमा झरेको छ ।

नेप्सेमा सोमबार दुई सय ५७ वटा कम्पनीहरुको ६५ हजार एक सय ९४ पटकको कारोबारमा एक करोड सात लाख ५९ हजार पाँच सय ७९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ८६ करोड ४० लाख आठ हजार नौ सय ७३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा सोमबार १३ वटा समूहहरुको कारोबार हुँदा दुई वटा समूहहरुको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १५ दशमलव १६ अंकले बढेर १४ सय १६ दशमलव ८१ अंकमा चढेको छ । सामुहिक लगानी कोष समूहको सूचक पनि बढेको छ । बिकास बैंक समूहको सूचक भने ९१ दशमलव ६६ अंकले घटेर तीन हजार आठ सय ३८ दशमलव ४९ अंकमा झरेको छ ।

जलबिद्युत समूहको सूचक पनि ६५ दशमलव ४५ अंकले घटेर २६ सय ४० दशमलव ६२ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि ८७ दशमलव १८ अंकले घटेर १० हजार ६ सय २५ दशमलव ९१ अंकमा झरेकोमा निर्जिवन बिमा समूहको सूचक पनि एक सय २३ दशमलव १३ अंकले घटेर नौ हजार ९० दशमलव ५७ अंकमा झरेको छ । यि बाहेक फाइनान्स, लघुवित्त, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य र ट्रेडिङ समूहको सूचक पनि घटेका छन् ।

नेप्सेमा सोमबार कृषि बिकास बैंकको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर नौं सय ३३ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा हिमालयन हाइड्रोपावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य सात दशमलव ७९ प्रतिशतले घटेर दुई सय ९२ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्र्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी सोमबार कुमारी बैंकको प्रतिकित्ता दुई सय आठ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा २७ करोड ४८ लाख २८ हजार आठ सय ३२ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया