बुधबार, जेठ ९, २०८१

संसारकै सबैभन्दा चिसो सहर

नेपालखोज २०७९ माघ ९ गते १६:५१

अहिले नेपालका मानिसहरुले जाडो तथा शीतलहरको सामना गरिरहेका छन् । यद्यपि नेपाल संसारको सबैभन्दा चिसो ठाउँ होइन । संसारको सबैभन्दा चिसो सहर साइबेरियाको याकुत्स्क हो ।

याकुत्स्क सहर रुसको राजधानी मस्कोबाट करिब ५,००० किलोमिटर पूर्वमा पर्छ । गएको जनवरी १५ मा त्यहाँको तापमान माइनस ५० डिग्री सेल्सियस थियो । माइनस ५० डिग्री तापक्रममा मानिसहरू कसरी बस्छन् होला ? जो कसैलाई लाग्न सक्छ ।

यो शहर १६३२ मा स्थापित भएको थियो। यसलाई पर्माफ्रोस्ट अर्थात् माटोको जमेको तहभन्दा सयौं मिटर मुनि बनाइएको छ ।

कपडाको बाक्लो तह : दुई वटा स्कार्फ, दुई जोडि पन्जा र त्यसै गरि टोपी लगाएकी अनास्तासिया भन्छिन्, तपाई यहाँको चिसो सँग लड्न सक्नुहुन्न ।

सहरमा फ्रोजन माछा बेच्ने नुरुगसुन सल्लाह दिन्छिन् – यहाँ तपाईंले आफुलाइ बन्दाकोबी बनाउनु पर्छ । अर्थात आफुलाइ तातो लुगाले बेर्नुपर्छ, बन्दाकोबी जस्तै तहमा तहमा

साढे दुई लाख जनता : यो सहरको जनसङ्ख्या करिब साढे दुई लाख छ । जाडोमा यहाँको ओैषत तापक्रम माइनस ४० डिग्री सेल्सियस रहन्छ । यद्यपि यहाँ गर्मी हुँदैन भन्ने होइन । गर्मीमा यो सहरको तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न सक्छ ।

प्रतिक्रिया