शुक्रबार, वैशाख १४, २०८१

फागुन २३ मा स्पोर्टस अवार्ड हुने

नेपालखोज २०७९ माघ ९ गते १७:०८

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष आयोजना गर्दै आएको स्पोर्टस अवार्डको १९औं संस्करण आगामी फागुन २३ गते हुने भएको छ । वर्ष २०७८ मा नेपाली खेलकुदमा भएको प्रदर्शनका आधारमा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

अवार्डमा ९ प्रमुख विधा समावेश छन् । वर्षको उत्कृष्ट पुरुष र महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, उत्कृष्ट पाराएथ्लिट अवार्ड, स्पेशल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ । त्यस्तै एकजना एशियाली खेलकुद पत्रकारलाई एसियन जर्नलिष्ट अवार्डको नाममा सम्मानित गरिनेछ ।

वर्षको उत्कृष्ट पुरुष, महिला खेलाडी र प्रशिक्षक तथा पिपुल्स च्वाइस अवार्डका विजेताले पल्सर मोटरसाइकल पाउनेछन् । यस संस्करणदेखि वर्षका उत्कृष्ट युवा खेलाडीलाई मोटरसाइकल पुरस्कार दिइने एनएसजेएफले जनाएको छ ।
अन्य विधाका विजेताले नगद ५० हजार रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया