मंगलबार, जेठ ८, २०८१

नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ माघ ९ गते २३:२०

अदुवाको बीउमै दुई करोड भ्रष्टाचार, गल्याङका पूर्वप्रमुखविरुद्ध मुद्दा दायर ।

भष्ट्राचार आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाल पक्राउ ।

वायुसेवाका पाँच पाइलटलाई निलम्बन गर्न प्राधिकरणको निर्देशन ।

अपराध निरुत्साहित पार्ने रणनीति तयार पार्न प्रधानमन्त्रीको निर्देशन ।

पोखरा विमान दुर्घटनामा परि ज्यान गुमाएका ६० जनाको शव सम्बन्धित परिवारलाई बुझाइयो ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा मीनबहादुर श्रेष्ठ नियुक्त ।

विद्यार्थी कुटेको आरोपमा तनहूँका एक प्रध्यानाध्यापक पक्राउ ।

गण्डकी प्रदेशमा १२ मन्त्रालय ७ मा झारियो ।

प्रदेश १ कांग्रेस प्रमुख सचेतकमा भूपेन्द्र राई चयन ।

उपसभामुख इन्दिरा रानाले गरिन् पदबहाली ।

कांग्रेसले पायो प्रमुख विपक्षी दलको मान्यता ।

रास्वपाले देशभर संगठन विस्तार गर्ने ।

१३ अंकले नेप्से घट्दा तीन अर्ब ८६ करोडको सेयर किनबेच ।

फागुन २३ मा स्पोर्टस अवार्ड हुने ।

प्रतिक्रिया