बिहीबार, वैशाख १३, २०८१

वास्तु दोष हटाउन भगवान् गणेशको पूजा !

नेपालखोज २०७९ माघ १० गते ५:०७

वास्तु दोष हटाउन भगवान् गणेशको पूजा गर्नु शुभ मानिन्छ । घरको मुख्य प्रवेशद्वारमा भगवान श्री गणेशको मुर्ति राख्नाले वास्तु दोष हट्छ । घरमा भगवान् श्री गणेशको मुर्ती राख्नु निकै शुभ मानिन्छ । भगवान् श्री गणेशको मूर्तिको वरिपरि आँपको पात राख्दा आम्दानीको साधन बढ्छ ।

भगवान् श्री गणेशको मूर्तिलाई सही दिशामा राख्नु धेरै महत्त्वपूर्ण छ। वास्तुशास्त्र अनुसार सेतो रंगको भगवान गणेशको मूर्ति घरमा ल्याएमा वास्तु दोष हट्छ। सिंदुर रङ्गको गणपतिको पूजा गर्नाले वास्तु दोष हट्छ । जसमा भगवान गणेशको मनपर्ने भोग, मोदक वा लड्डू र मुसा घरमा ल्याउनुपर्छ ।

घरमा विराजमान गणेश जी र कार्यस्थलमा उभिएको श्री गणेशको तस्विर राख्नु शुभ मानिन्छ। विघ्नहर्ताको मुर्ति राख्दा सुँड बायाँ हाततिर मोडिएको होस् भन्ने ख्याल राख्नुपर्छ । सन्तानको सुख चाहनेले घरमा बाल गणेशको मूर्ति ल्याउनुपर्छ । खुशी र उत्साहका लागि घरमा नाच्ने मुद्रासहितको श्री गणेश जीको मूर्ति ल्याउनुपर्छ ।

श्री गणेश जी सहज आसनमा बसेको होस् वा सुतेको मुद्रामा बसेको होस्, यस्तो मूर्ति घरमा ल्याउनु शुभ मानिन्छ । सिंदूर रङ भएको श्री गणेशलाई समृद्धि मानिने भएकाले उनको पूजा गृहस्थ तथा व्यवसायीका लागि शुभ मानिन्छ । पहेँलो रंगको गणेशको मूर्ति घरमा स्थापना गर्नाले उन्नतिको मार्ग बन्न सक्छ ।

प्रतिक्रिया