शुक्रबार, वैशाख ७, २०८१

इरानद्वारा दक्षिण कोरियालाई रोक्का गरिएको आफ्नो सम्पत्ति फिर्ता गर्न आग्रह

नेपालखोज २०७९ माघ १० गते ५:१९

इरान । इरानले आइतबार दक्षिण कोरियालाई आफ्नो रोक्का गरिएको सम्पत्ति फिर्ता गर्न आग्रह गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले साप्ताहिक पत्रकार सम्मेलनमा आफ्नो सम्पत्ति यथाशीघ्र खुला गरिदिन आग्रह गरेका छन् ।

दुईवटा दक्षिण कोरियाली बैंकहरूमा इरानको सात बिलियन डलरभन्दा बढीको कोष छ । यद्यपि हाल इरानले यसको उपयोग गर्न पाएको छैन । दक्षिण कोरियाका बैंकहरू र अधिकारीहरूले सम्भावित अमेरिकी जरिवानाको डरले इरानी सम्पत्ति फुक्का गर्न सकिरहेका छैनन् । सन् २०१८ अघि दक्षिण कोरिया इरानको कच्चा तेलको सबैभन्दा ठूलो ग्राहक थियो ।

वाशिङ्गटनले इरान र विश्व शक्तिहरू बीचको सन् २०१५ को आणविक सम्झौताबाट बाहिर निस्क्यो र तेहरानमा आफ्नो एकपक्षीय प्रतिबन्धहरू पुनः लागू ग¥यो । दक्षिण कोरियाली सरकारले अहिलेसम्म अमेरिकी प्रतिबन्धहरूको अधीनमा नभएका इरानी सम्पत्तिहरू जसलाई आफ्ना बैंकहरूमा जम्मा गरिएको छ । त्यसलाई फुक्का गर्न अस्वीकार गरिरहेको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया