शुक्रबार, वैशाख १४, २०८१

कर्णाली प्रदेश अस्पताल : पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दै

नेपालखोज २०७९ माघ १० गते ७:१९

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतले मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरेको छ । आफ्नो स्थापनाको ६० वर्षपछि इतिहासमा पहिलोपटक प्रदेश अस्पतालले आउँदो शनिबार मानव अङ्ग प्रत्यारोपणको कार्य प्रारम्भ गर्नेछ ।

आइतबार आयोजित पत्रकार भेटघाटमार्फत अस्पताल निर्देशक डा खड्काले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र प्रदेश अस्पताल सुर्खेतबीच मिर्गौला प्रत्यारोपणका लागि समझदारीपत्रमा हस्ताक्षर भइसकेको जानकारी दिए ।

प्रदेश अस्पताल सुर्खेतले मिर्गौला प्रत्यारोपणका लागि स्वास्थ्य सेवा विभागबाट इजाजत लगिसकेको छ, उनले भने, दुवै अस्पताल जनशक्तिको संयोजनबाट मिर्गौला प्रत्यारोपण सम्पन्न हुनेछ । पछिल्लो समयमा मिर्गौलारोगीको सङ्ख्या बढ्दै आएको निर्देशक डा खड्काले बताए । प्रत्यारोपणका लागि बिरामीले डेढ लाख खर्च गर्नुपर्ने र रु सात लाखसम्म सरकार आफँैले व्यहोर्ने उनको भनाइ थियो ।

पत्रकारसँगको भेटघाटका क्रममा फेको पद्धतिबाट आँखाको शल्यक्रिया, सातवटा मोडुलर ओटी सञ्चालन, आइसीयू र पोष्टअपमा समेत डायलासिस सेवा विस्तार गरिएको, अर्थोपेडिक सर्जरी हप्तामा छ र जनरल सर्जरी हप्तामा चारपटक हुने उनले बताए ।

कर्णाली प्रदेश अस्पतालले ९९ प्रतिशत बिरामीलाई उपचार सेवा दिएको तर एक प्रतिशत बिरामीमात्र सिफारिस गरेको बताउँदै उहाँले आगामी चैतबाट एमआरइ मेसिन जडान गरिने निर्देशक डा खड्काले जनाए । यसले चालु आव २०७९/८० भित्रै रु एक अर्ब ५० करोड बराबरको बोलपत्रमार्फत अस्पतालको माथिल्लो तला निर्माण गर्ने तयारी थालेको बताइएको छ ।

प्रतिक्रिया