मंगलबार, जेठ ८, २०८१

डीन कार्यालयमा लगाएको ताला प्रहरीले खोलेपछि झडप

नेपालखोज २०७९ माघ १० गते १२:०३

काठमाडौं । विद्यार्थीहरुले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को डीन कार्यालयमा लगाएको ताला प्रहरीले खोलेपछि झडप भएको छ ।

आईओएमको विकृति सुधारको माग गर्दै विद्यार्थीले विहान ताला लगाएका थिए । प्रशासनले प्रहरी लगाएर ताला खोलेपछि विद्यार्थीले प्रहरी विरुद्ध नाराबाजी गरेका थिए । प्रहरीले सामान्य लाठी प्रहार गरेको छ । केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।

चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टल सुधार समूहले आईओएमको विकृतिविरूद्ध आन्दोलन गर्दै आएका छन् । विद्यार्थीहरूले होस्टेललाई व्यवस्थित गरि विकृति सुधार गर्नुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया