शुक्रबार, वैशाख १४, २०८१

बिकास बैंकहरुको नाफा घट्यो, ६ महिनामा १४ वटाले कमाए दुई अर्ब ५८ करोड

नेपालखोज २०७९ माघ १० गते १२:१८


काठमाडौं । बिकास बैंकहरुको खुद मुनाफा घटेको छ । सञ्चालनमा रहेका १७ वटा बिकास बैंक मध्ये हालसम्म १४ वटा बिकास बैकले मात्र चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अपष्किृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सो मध्ये आधा दर्जन बिकास बैंकहरुको नाफा घटेको छ भने क्षेत्रियस्तरको सिन्धु र नारायणी डेभलपमेन्ट बैंकले खुद नोक्सानी बेहोरेको छ ।

चालु आवको दोस्रो त्रैमासिक अवधिमा सबैभन्दा बढी नाफा कमाउनेहरुमा पहिलो, दोस्रो, तेस्रो, चौंथो र पाँचौं स्थानमा क्रमशः मुक्तिनाथ, गरिमा, शाईन रेसुंगा, महालक्ष्मी र लुम्बिनी बिकास बैंक परेका छन् । यि बैंकहरुले पछिल्लो अवधिमा क्रमशः ६२ करोड ६२ लाख ३३ हजार, ५० करोड २१ लाख ४६ हजार, ४२ करोड ९६ लाख ७८ हजार, ३१ करोड ६० लाख ४६ हजार र २१ करोड १० लाख ६७ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

गत आवको सोही अवधिमा यि बैंकहरुको यस्तो नाफा ६० करोड २४ लाख छ हजार, ४९ करोड ३९ लाख ५३ हजार, ३४ करोड ८८ लाख ३० हजार, ४५ करोड ६२ लाख ९२ हजार र ३५ करोड १७ लाख ५५ हजार रुपैयाँ रहेको थियो ।

कामना सेवा, साँग्रिला, मितेरी र ज्योति बिकास बैंकले भने चालु आवको दोस्रो त्रैमासमा क्रमशः १९ करोड ५८ लाख ७१ हजार, १६ करोड ६५ लाख ६३ हजार, पाँच करोड ९० लाख ८८ हजार र तीन करोड ४७ लाख ५९ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमो यि बैंकहरुको यस्तो नाफा क्रमशः ३४ करोड ३६ लाख ८१ हजार, २६ करोड १८ लाख २२ हजार, छ करोड ८० लाख ३९ हजार र ३४ करोड ४० लाख १६ रुपैयाँ रहेको थियो ।

कर्णाली, कर्पोरेट र ग्रिन डेभलपमेन्ट बैंकले भने चालु आवको दोस्रो त्रैमासमा क्रमशः एक करोड ६३ लाख ७१ हजार, एक करोड १७ लाख ४७ हजार र २८ लाख २९ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा कर्णालीले एक करोड ६३ लाख ९६ हजार रुपैयाँ घाटा बेहोर्दा कर्पोरेट र ग्रिनले भने क्रमशः ३० लाख ९९ हजार र १८ लाख पाँच हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।

चालु आवको दोस्रो त्रैमासमा नारायणी र सिन्धु बिकास बैंकले भने क्रमशः एक करोड ६६ लाख २९ हजार र एक करोड ८७ लाख १४ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेका छन् । गत आवको सोही अवधिमा भने नारायणीले ५९ लाख ९८ हजार रुपैयाँ खुद नोक्सानी बेहोर्दा सिन्धुले तीन करोड ५५ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

प्रतिक्रिया