शुक्रबार, वैशाख ७, २०८१

देशकाे अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

नेपालखोज २०७९ माघ ११ गते ६:१६

काठमाडाैं । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति लुम्बिनी, गण्डकी, बागमती, मधेश, र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

माथि उल्लेखित चार प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकोले चिसो र दैनिक कार्यमा आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

प्रतिक्रिया