शुक्रबार, वैशाख १४, २०८१

गृहमन्त्री लामिछानेले भने, ‘नयाँ राजनीतिक दल र नेताले पनि आशा जगाउन सकेन, माफी चाहन्छु’

नेपालखोज २०७९ माघ ११ गते १०:३९

काठमाण्डौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका इलामका प्रेम प्रसाद आचार्यप्रति माफी मागेका छन् ।

मंगलबार संसद भवन अघि आफैँलाई आगो लगाएका आचार्यको उपचारको क्रममा निधन भएपछि गृहमन्त्री लामिछानेले नयाँ राजनीतिक दल र नेताले पनि आशा जगाउन नसकेकोमा माफी मागेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला ।’

घटनाबारे विश्लेषण गर्दै गृहमन्त्री लामिछानेले आत्मदाहको निर्णयलाई हिजो देखिको निराशा र पिडाको परिणाम भएको बताए । ‘दुख त मलाई यसमा लागेको छ की, हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन ।’उनले भने ।

यसअघि किर्तिपुर अस्पतालको बेर्न बार्डमा उपचाररत आचार्यलाई भेट्न स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की पुगेकी थिइन् ।

प्रतिक्रिया