शनिबार, वैशाख २२, २०८१

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ साउन १५ गते १०:४८

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९५ हजार ६ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि २ सय रुपैयाँ बढेको छ । तेजाबी सुन आज प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया