बुधबार, वैशाख १२, २०८१

बृहत ग्रुपको भगिनी संस्था ड्यानुव होमको दोस्रो शोरुम डिल्ली बजारमा

नेपालखोज २०७९ माघ ११ गते ११:२७

काठमाडौं । नेपाली बजारमा संयुक्त अरब इमिरेट्स (यूएई) को फर्निचर ब्रान्ड ड्यानुबका उत्पादन बिक्री गर्दै आएको ड्यानुव होम नेपालले काठमाडौंको डिल्लीबजारमा दोस्रो शोरुम विस्तार गरेको छ । ड्यानुव होम रियल इस्टेट क्षेत्रको पायोनियर संस्था बृहत ग्रुपको भगिनी संस्था हो ।

ड्याुनब होमको सुन्धारा ताहागल्लि स्थित पहिलो शोरुमको सफलतापछि बृहत ग्रुपले डिल्लीबजारको पुण्य म्यानसनमा दोस्रो शोरुम खोलेको छ । पुर्व मिस नेपाल प्रिती सिटौलाले मंगलबार ड्यानुव होम नेपालको दोस्रो शोरुमको उद्घाटन गर्नुभएको छ । नेपालमा ड्यानुव होम नेपाल भनेर बृहत ग्रुपले संचालनमा ल्याएको छ ।

बृहत ग्रुपले लगानी, वास्तुकला, संरचनात्मक डिजाइन, निर्माण र निर्माण पर्यवेक्षणका साथै व्यवस्थापनबाट सबै घर जग्गाका आवश्यकताहरु पुरा गर्दछ । तसर्थ ड्यानुव होम नेपालले सबै मुल्यवान् ग्राहकहरुलाई बृहत ग्रुपको माध्यमबाट रियल इस्टेट सम्बन्धी सम्पुर्ण प्याकेज पुरा गर्दै आइरहेको छ ।

बृहत ग्रुपका अध्यक्ष डा. ओम राजभण्डारीले फर्निचर तथा फर्निसिङ हबका रुपमा परिचित डिल्लीबजार क्षेत्रमा उपभोक्ताको बदलिँदो रुचिलाई सम्बोधन गर्न शोरुम विस्तार गरिएको जानकारी दिए । गुणस्तरीय उत्पादन र प्रतिस्पर्धी मूल्य ड्यानुवको पहिचान भएको उल्लेख गर्नुहुँदै अध्यक्ष राजभण्डारीले सहरी क्षेत्रमा उपभोक्ताको आवश्यकताअनुसारका उत्पादन शोरुममा राखिएको बताए ।

हरेक नेपालीहरुको जीवनशैलीलाई माथि उकास्न र स्तरोन्नति गर्न ड्यानुव होम नेपाललाई नेपाली बजारमा ल्याइएको उहाँको भनाइ छ । एकै छानामुनी घरको सबै आन्तरीक आवश्यकताहरुका लागि ‘वान् स्टप सल्युसन’ले घरधनीहरुलाई आफ्नो नयाँ घरमा सहज रुपमा स्थानान्तर गर्न मद्दत गर्ने र लगानीकर्ता हरुलाई गुणस्तरीय उत्पादन सहित किफायति मुल्यमा लगानी गर्ने अवसर प्रदान गर्ने उनको विश्वास रहेको छ ।

ड्यानुव होमको बारेमा

ड्यानुव होम नेपाल एक दुबईमा आधारित फ्रान्चाइज कम्पनी हो जुन ग्राहकहरुलाई उनीहरुको सपनाको घरलाई वास्तविकतामा परिणत गर्न आवश्यक पर्ने सम्पुर्ण सामानहरु प्रदान गर्ने उद्देश्यका साथ स्थापना गरिएको हो । ड्यानुव होमले विभिन्न प्रकारका उच्च गुणस्तरका उत्पादनहरुको फराकिलो दायराका साथसाथै घरको आन्तरिक आवश्यकताहरुको लागि एक ‘वान् स्टप सल्युसन’को रुपमा कार्य गर्दछ ।

यहाँ ४०,००० भन्दा बढि उत्पादनहरु रहेका छन् जुन विश्वका २४ विभिन्न देशहरुबाट प्राप्त गरिन्छ, जसअन्तर्गत मलेसिया, टर्की, ब्राजिल, स्पेन, भियतनाम लगायतका अन्य देशहरु पर्दछन् । ड्यानुव होम विश्वभर ४० भन्दा बढि स्थानहरुमा रहेको छ, जसमध्ये नेपाल पनि समावेश छ ।

प्रतिक्रिया