बागमतीमा माओवादीले टुंग्यायो ३ मन्त्री

नेपालखोज २०७९ माघ ११ गते १२:४६

काठमाडौं । बागमती प्रदेशमा मन्त्री बन्नेको नाम टुंग्याएको छ । प्रदेश सरकारको समेत नेतृत्व गरिरहेको माओवादी केन्द्रले बागमती प्रदेशमा आफ्नो पार्टीबाट हुने मन्त्री बन्नेहरूको नाम टुंग्याएको हो ।

मन्त्रीमा गंगानारायण श्रेष्ठ, युवराज दुलाल र कुमारी मोक्तान रहेका एक सांसदले जानकारी दिए । २६ पुसमा मुख्यमन्त्री नियुक्त भएका शालिकराम जम्कटेलले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । नयाँ मन्त्रीहरुको आजै शपथ हुने छ।

प्रतिक्रिया