बिहीबार, चैत १५, २०८०

नेप्सेमा १० अंकको बृद्धि, सूचक तथा कारोबार रकम दुबै बढ्यो

नेपालखोज २०७९ माघ ११ गते १५:३०

काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन आठ दशमलव १५ अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज (बुधबार) पुन: १० दशमलव ३७ अंकले बढेर २१ सय ८३ दशमलव ६२ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स भने एक दशमलव ३० अंकले घटेर चार सय १४ दशमलव २४ अंकमा झरेको छ ।

नेप्सेमा बुधबार १३ वटा समूहहरुको दुई सय ६१ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ५४ हजार तीन सय ७७ पटकको कारोबारमा ९५ लाख ३२ हजार आठ सय ६७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ४६ करोड ६५ लाख आठ हजार तीन सय ३८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा बुधबार १३ वटा समूहहरुको कारोबार हुँदा तीन वटा समूहहरुको सूचक घटेर बाँकी समूहहरुको सूचक बढेका छन् । ति मध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव ४६ अंकले घटेर १४ सय सात दशमलव २० अंकमा झरेको छ । फाइनान्स र अन्य समूहको सूचक घटेका छन् । बिकास बैंक समूहको सूचक भने २८ दशमलव २४ अंकले बढेर तीन हजार आठ सय ७१ दशमलव ३३ अंकमा चढेको छ ।

जलबिद्युत समूहको सूचक पनि ३६ दशमलव ५५ अंकले बढेर २७ सय पाँच दशमलव ३१ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक दुई सय ६६ दशमलव १६ अंकले बढेर १० हजार आठ सय ९३ दशमलव ६५ अंकमा चढेको छ । निर्जिवन बिमा समूहको सूचक पनि एक सय ८९ दशमलव २९ अंकले बढेर नौ हजार तीन सय ४३ दशमलव ७२ अंकमा चढेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामूहिक लगानी कोष र टर्डिङ समूहहरुको सूचक पनि बढेका छन् ।

नेप्सेमा बुधबार ग्रिन लाईफ हाइड्रो पावर कम्पनी लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय ३८ रुपैयाँ ८० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा आरबीबी म्युचुअल फण्ड १ को प्रतियुनिट सेयर मूल्य पाँच दशमलव ७० प्रतिशतले घटेर सात रुपैयाँ ७७ पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नेशनल हाइड्रो पावर कम्पनीको प्रतिकित्ता दुई सय ७८ रुपैयाँ अन्तिम मूल्यमा १० करोड १४ लाख ८६ हजार नौ सय ६ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया