शनिबार, वैशाख ८, २०८१

महिन्द्रा एक्सयुभी ४०० इभि सार्वजनिक

नेपालखोज २०७९ माघ ११ गते १६:१८

महिन्द्राले आफ्नो पहिलो इलेक्ट्रिक कार एक्सयुभी ४०० इभि लन्च गरेको छ । यो इलेक्ट्रिक कारको अन्तर्राष्ट्रिय बजार मूल्य २५.५८ लाख रुपैयाँ बाट सुरु भएर ३०.३८ लाख रुपैयाँ एक्स-शोरुम सम्म पुग्छ । यो मुल्यमा नेपाल सरकारको भंन्सार , कर आदि जोडिएको छैन । महिन्द्राले यो मूल्य सुरुको ५ हजार युनिटको बुकिङसम्म मात्र मान्य हुने बताएको छ। त्यस पछि यसको मूल्य बढ्न सक्छ । कम्पनीले यो गाडि XUV400 EL र XUV400 EC गरी दुई भेरियन्टमा उतारेको छ । भारतमा यो इलेक्ट्रिक कारको बुकिङ जनवरी २६ देखि सुरु हुँदैछ भने डेलिभर मार्चमा हुनेछ ।


महिन्द्रा XUV400 EV मा 34.5kWh र 39.4kWh को दुईवटा ब्याट्री प्याक दिइएको छ। यसले 150hp पावर तथा 310Nm टर्क उत्पन्न गर्दछ । XUV400 EV ले ८.३ सेकेन्डमा ०-१०० किमी प्रति घण्टाको गति लिन सक्नेछ । यो गाडिको टप स्पीड १५० किमी प्रतिघण्टाको भएको कम्पनीको दाबी छ । यसमा फन, फास्ट र फियरलेस गरी तीनवटा ड्राइभिङ मोड छन् । XUV400 EV ले 34.5kWh ब्याट्रीका साथ 375km र 39.4kWh का साथ 456km को दायरा प्रदान गर्नेछ ।

कलर अप्शन : महिन्द्रा XUV400 EV पाँच रङमा उपलब्ध हुनेछ, जसमा आर्कटिक निलो, एभरेष्ट ह्वाइट, ग्यालेक्सी ग्रे, नेपोली ब्ल्याक तथा इन्फिनिटी ब्लू जस्ता साटन कपरको डुअल टोन विकल्प समावेश हुनेछ । यो इलेक्ट्रिक कारले बजारमा टाटा नेक्सन ईभी, हुन्डाई कोना ईभी तथा एमजी जेडएस ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।

फीचर्स : महिन्द्रा XUV400 EV मा ७.० इन्चको टचस्क्रिन, सिंगल-पेन सनरुफ, ओभर-द-एयर (ओटीए) हरूसँग जोडिएको कार टेक्नोलोजी, अटो हेडल्याम्प, स्मार्टवाच कनेक्टिभिटी, छालाको सिट, उचाइ-समायोज्य ड्राइभर सिट, रियर वाइपर तथा वाशर सुविधाहरू छन् । यसमा फ्रन्ट आर्मरेस्ट सहितको स्टोरेज, रियर आर्मरेस्ट सहितको स्टोरेज, ६ वटा एयरब्याग, अल राउण्ड डिस्क ब्रेक र आईएसओफिक्स चाइल्ड सिट एन्कोरेज पनि उपलब्ध हुन्छ ।

प्रतिक्रिया