एकीकृत समाजवादीले वडादेखि प्रदेश अधिवेशन गर्ने
नेपालखोज
२०७९ माघ ११ गते १६:३१

काठमाडौं । नेकपा एकीकृत समाजवादीले वडा देखि प्रदेशसम्म अधिवेशन गर्ने भएको छ ।
अन्तर संगठन निर्देशन जारी गर्दै १५ वैशाख २०८० भित्र वडा अधिवेशन गरिसक्न भनिएको पार्टी महासचिव वेदुराम भुसालले जानकारी दिए ।
पालिका तथा विशेष इकाहरुमा २०८० वैशाख मसान्तभित्र र जेठ मसान्तभित्र सबै जिल्लामा जिल्ला अधिवेशन गरिसक्नु पर्नेछ ।
प्रदेश अधिवेशन भने २०८० कात्तिक मसान्तभित्र सबै प्रदेशमा प्रदेश अधिवेशन गर्नुपर्ने अपानीमा निर्देशन दिइएको छ ।
जनवर्गीय, पेशागत र सामुदायिक सगठनका कमिटीहरूलाई सम्मेलन÷अधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्न र अधिवेशन गर्न पनि भिनिएको छ ।
यसैबीच एकीकृत समाजवादीले विकसित राजनीतिक घटनाक्रमकबारे छलफल गर्न २१ र २२ माघमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
सम्बन्धित
प्रतिक्रिया