बैंकिङ कसूर मुद्दाका फरार शिवहरि खड्का पक्राउ
नेपालखोज
२०७९ माघ ११ गते १६:४१

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी रामेछाप जिल्लाको नगरपालिका–३ घर भई हाल काठमाडौं बस्ने ३३ वर्षीय शिवहरि खड्कालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७९ मंसिर २० गतेको फैसलाले १४ दिन कैद र ४१ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो ।
बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाइ झुक्यानमा पारी २०७८ सालको साउन र भदौ महिनामा दिएको दुई थान चेकको रकम भुक्तान हुन नसेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको सिआईबीले जानकारी दिएको छ ।
सम्बन्धित

प्रतिक्रिया