अस्ट्रेलिया दिवसमा उपराष्ट्रपति सरिक

नेपालखोज २०७९ माघ ११ गते २२:१३

काठमाण्डौं । अस्ट्रेलिया दिवसका अवसरमा नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलीसिटी भोकले आज आयोजना गरेको स्वागत समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन सरिक भएका छन् ।

त्यस अवसरमा मन्त्रिपरिषद्का सदस्य, पूर्वमन्त्री, पूर्वसांसद, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका वरिष्ठ अधिकारी, उद्योगपति, व्यापारी, वरिष्ठ सञ्चारकर्मी, कामको सिलसिलामा यहाँ रहेका अस्ट्रेलियाली नागरिकलगायत समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत भोकले नेपालको आर्थिक–सामाजिक विकासमा अस्ट्रेलियाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया