किसानलाई सहजरुपमा मल उपलब्ध गराउँछु : कृषिमन्त्री साह
नेपालखोज
२०७९ माघ ११ गते २२:२१

बारा । कृषिमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको बेथिति सुधार गर्दै किसानलाई सहजरुपमा मल उपलब्ध गराउने बताएकी छिन् ।
बारा उद्योग वाणिज्य संघले आज आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले किसानले भोग्दै आएका समस्यालाई क्रमशः सुधार गरेर अगाडि बढ्ने बताइन् । उनले मुुलुक कृषि क्षेत्रको विकासमार्फत् नै आत्मनिर्भर हुने भन्दै कृषि क्षेत्रका योजना कार्यान्वयनको प्रतिबद्धता व्यक्त गरिन् ।
मन्त्री साहले कलैयामा आधुनिक कृषि बजार निर्माण गर्ने भन्दै कृषि बजार बनाउन छिट्टै प्रक्रिया सुरु गर्ने बताइन् । जिल्लामा उद्योगी व्यापारीले भोग्दै आएको समस्या समाधानका लागि आफूले पहल लिने उनको भनाइ छ ।
सम्बन्धित

प्रतिक्रिया