प्रधानमन्त्री मोदीले दिए गणतन्त्र दिवसको शुभकामना
नेपालखोज
२०७९ माघ १२ गते १०:२९

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले गणतन्त्र दिवसको अवसरमा देशलाई बधाई दिएका छन् । उनले ट्विट गरे, ‘गणतन्त्र दिवसको धेरै धेरै शुभकामना ।
यस पटक यो अवसर पनि विशेष छ किनभने हामीले यसलाई स्वतन्त्रताको अमृत महोत्सवमा मनाउँदै छौं। देशका महान स्वतन्त्रता सेनानीहरुको सपना साकार पार्न एकजुट भएर अगाडि बढौं, यही हाम्रो कामना छ ।’
७४ औं गणतन्त्र दिवस बिहीबार दिल्लीको ड्युटी रोडमा मनाइनेछ, जहाँ यस अवसरमा विशेष परेडको आयोजना गरिएको छ । यस पटक इजिप्टका राष्ट्रपति अब्दुल फताह अल(सिसी प्रमुख अतिथिको रूपमा समारोहमा उपस्थित छन् । -बीबीसी हिन्दी
सम्बन्धित
प्रतिक्रिया