मंगलबार, वैशाख ४, २०८१

बैतडीमा महिला टी-२० क्रिकेट

नेपालखोज २०७९ माघ १२ गते ११:४८

बैतडी । शहीद दिवसको पूर्वसन्ध्यामा बैतडीको दशरथचन्द नगरपालिकामा सञ्चालित नगरस्तरीय महिला टि-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरू भएको छ ।

मङ्गलबारदेखि परेको वर्षाले मङ्गलबार र बुधबारका चारवटा खेल अवरुद्ध भएका थिए । अवरुद्ध खेल आजदेखि खेलाउन थालिएको प्रतियोगिता संयोजक वीरसिंह बोहराले जानकारी दिए । आज दशरथचन्द नगरपालिका-२ देहिमाडौँ र दनपा-५ दशरथ चन्द तथा दनपा–१० बाराकोट र दनपा-११ नागार्जुन भिड्दै छन् ।

दशरथचन्द नगरपालिकाको वार्षिकी कार्यक्रम र नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो । नगरका सात टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ तथा उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्ने दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भूपेन्द्र चन्दले जानकारी दिए ।

प्रतिक्रिया